‘हिजो आजका कुरा’ को गीत ‘माया जदौ’ ले पायो साँढे दुई करोड बढी भ्युज, चलचित्रलाई कती फाइदा ?



काठमाडौं । चलचित्र ‘हिजो आजका कुरा’ आगामी शुक्रवार अर्थात असोज २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको छ । पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको चलचित्र ‘हिजो आजका कुरा’ सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशनमा बनेको हो । चलचित्रमा समाबेश ‘माया जदौ’बोलको गीतले यु ट्युबमा साँढे दुई करोड भन्दा बढी भ्युज पाएको छ। दुई वर्ष अघि सार्वजनिक गीतलाई दर्शक श्रोताले रुचाए। दिपक शर्माको संगीत,राम कृष्ण ढकाल र मेलिना राईको स्वर अनि आनन्द अधिकारीको शब्द रचना रहेको गीत लोकप्रिय बन्यो। दुई वर्ष अघि सार्वजनिक गीत चर्चित बन्यो तर कोरोना महामारीका कारण चलचित्रको प्रदर्शन स्थगित भयो। अब चलचित्र प्रदर्शन नजिकिदै गर्दा यो गीतले चलचित्र हेर्न जाने दर्शकलाई कत्तिको तान्ने यो त्यो भने केहि दिन पछि नै थाहा हुनेछ।

नेपाल टेलिभिजनमा प्रसारण भएको हास्य सिरियल ‘हिजो आजका कुरा’ नाम सापटी लिएर चलचित्र निर्माण गरिएको हो । उक्त सिरियल टेलिभिजन इतिहासको सर्वाधिक लोकप्रिय सिरियल मानिन्छ । टेलिसिरियल ‘हिजो आजका कुरा’का शीर्ष कलाकार सन्तोष पन्त र रमा थपलियाको मुख्य भूमिका रहेको छ । चलचित्रमा साकार पन्त, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव, रिमा बिश्वकर्मा, स्व.जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक्य, कमला रेग्मी, रिहान केसी लगायतले अभिनय गरेका छन ।

रवि सायमीले खिचेको यो चलचित्रको कार्यकारी निर्माता प्रतिभा पन्त, सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.