कर्मा ब्याण्डको ‘कारबारी छाता’मा केकी र लक्षू (भिडियो)



काठमाडौँ। कर्मा ब्याण्डको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा अवस्थित रन्जना सिनेप्लेक्समा एक कार्यक्रमका बिच कर्मा ब्याण्डका सुरेन्द्र मान सिंहको स्वरमा रहेको ‘कारबारी छाता’ बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको हो। सार्वजनिक लोक फ्लेभरको गीतमा हरी महर्जनको गिटार,अनिल शाक्यको ड्रम,बिजय श्रेष्ठको बेस गिटार समाबेश छ। दर्जनौ सफल गीत दिई सकेको कर्मा ब्याण्डको केहि वर्षको अन्तराल पछि यो गीत सार्वजनिक गरिएको हो। कहाँ होला घरबार,हुक्का मेरो,मौनतामा,यानीमाया लगायतका थुप्रै गीतले दर्शक श्रोताको मन जिती सकेको छ। सार्वजनिक कारबारी छाता’बोलको गीतमा टिकटक कम्पिटिसनको घोषणा पनि गरिएको छ। कारबारी छाता’ बोलको गीतमा टिकटक बनाउनेहरु मध्यबाट उत्कृस्ट बनाउने एक मेल र एक जना फिमेललाइ कर्मा ब्याण्डको नेक्स्ट निर्माण हुने भिडियोमा फिचर्ड गरिने कार्यक्रममा घोषणा गरिएको छ।

अमेरिकामा छायाँकन गरेको भिडियोमा अभिनेत्री केकी अधिकारी,लक्षू शर्मा,इन्द्र खरेल,नन्दु मिश्र,तिला राई,दीपशिखा प्रधान फिचर्ड छन्। ड्रागन इन्सुरेन्स,सुरेन्द्र मान सिंह,केदार उप्रेतीको लगानीमा निर्माण भएको भिडियोको निर्देशन, छायाँकन र सम्पादन गायक सुरेन्द्र मान सिंहले नै गरेका हुन्। भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री केकी अधिकारीले कर्मा ब्याण्डको गीतमा काम गर्न पाउँदा खुसी लागेको बताइन। केकी अमेरिका गयको बेला यो भिडियो छायांकन गरिएको हो। कर्मा ब्याण्डका भोकलिस्ट तथा भिडियोका निर्देशक सुरेन्द्र मान सिंहले अमेरिकामा पनि नेपली फ्लेभरको भिडियो निर्माण गरिएको बताए। लामो समय देखि अमेरिकामा बस्दै आएका सुरेन्द्र मान सिंहले अमेरिकामा रहेर थुप्रै भिडियो प्रोडक्सनको काम गरि सकेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.