मदनकृष्णको अभिनय समावेश गीति भिडियो ‘सुखी हुनु छैन मलाई’ सार्वजनिक



काठमाडौँ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको अभिनय समावेश गीति भिडियो ‘सुखी हुनु छैन मलाई’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा स्वर गायक स्वरूपराज आचार्यले दिएका छन् । गीतका रचनाकार केदार पनेरु हुन् । पनेरूले मानिसको जीवनका सुखःदुःखका विभिन्न क्षणहरुलाई बोल्ने गरि गीत तयार पारेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पूर्वसहसचिव रहेका पनेरूले साहित्य तथा कला क्षेत्रमा समेत कलाम चलाउँदै आएका छन् । कृति न्यौपानेले गीतमा संगीत भरेका छन् ।

गीतले समाजलाई रुपान्तरण गर्न सकोस् भन्ने आफ्नो सोँच रहने बताउँदै रचनाकार पनेरूले आउँदा दिनमा पनि गीत लेखनलाई निरन्तरता दिँदै जाने बताए । वरिष्ठ कलाकार श्रेष्ठले ‘सुखी हुनु छैन मलाई’ले आध्यात्मिक, सन्देशमूलक र मानवताको भाव बोकेको उनले बताए ।

उक्त गीतको भिडियोतर्फ वरिष्ठ कलाकार श्रेष्ठलाई मञ्जु श्रेष्ठ र सुनिल बन्जाडेले अभिनयमा साथ दिएका छन् । साथमा बालकलाकार स्विकृति मगराती, सुगम रेग्मी, अर्पणा श्रेष्ठ र प्रवेश खड्का पनि जोडिएका छन् । दिनेश पराजुलीले छायांकन गरेको भिडियोमा सम्पादन राकेश दाहालको छ । वसन्त सापकोटाले भिडियोको निर्देशन गरेका छन् ।