टुल्साङ र सुष्माको ‘हिरो हिरोनी’ सार्वजनिक (भिडियो)



काठमाडौँ। टुल्साङ मोक्तान र सुष्मा मोक्तानको अभिनयमा ‘हिरो हिरोनी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा सेलो गायक तथा संगीतकार विशाल काल्तानको शब्द तथा संगीत र स्वयम गायक तथा संगीतकार विशाल काल्तान र गायिका जितु लोप्चनको स्वर रहेको छ । भिडियोमा अजय स्याङ्तानको निर्देशन तथा नरेन मोक्तानको कोरियोग्राफी, बिक्रम मोक्तानको छायाङ्कन रहेको छ । टुल्साङ मोक्तानले तामाङ समुदाय र तामाङ पहिचानलाई संसारभर चिनाउने हेतुले भिडियो फरक ढंगले निर्माण गरिएको बताए । भिडियो ओएसआर डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.