हाँस्य कलाकार राजु श्रीवास्तवको निधन



एजेन्सी । भारतीय चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । हृदयघातका कारण दिल्लीको ‘अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स’मा अगस्ट १० भर्ना भएका श्रीवास्तवको उपचारकै क्रममा निधन भएको हो । उनको ५८ वर्षको उमेरमा निधन भएको छ ।

राजु पछिल्लो ४२ दिनदेखि नयाँदिल्लीको एम्स अस्पातलमा उपचाररत थिए । हार्ट अट्याकपश्चात उनलाई अस्पताल पुराइएको थियो ।अगस्ट १० देखि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । एम्समा राजुको एन्जियोप्लास्टी गरिएको थियो । जसमा मुटुको ठूलो भागमा शत प्रतिशत ब्लकेज भेटिएको थियो । जसका कारण चिकित्सकहरुले उनको अवस्था गम्भीर रहेको जनाउँदै आएका थिए ।

स्ट्यान्डअप कमेडियन श्रीवास्तव हरेक परिस्थितिलाई जोक्स र कमिक्स बनाइ सही समयमा दर्शक हँसाउन सक्ने कलाकार थिए । सन् २००५ को कमेडी सो ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’को पहिलो सिजनबाटै उनले ख्याति कमाए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.