प्रताप र निरुताको ‘मायाको संसार’ मा ऋचा र राज (भिडियो)



काठमाडौँ। गायक प्रताप दास र गायिका निरुता राईको स्वरमा रहेको नयाँ गीत ‘मायाको संसार’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा गीतकार अर्जुन पोखरलको शब्द र संगीत रहेको छ। भिडियोमा राज टाईगर र ऋचा थापा फिचर्ड छन्। प्रेम र रोमान्टिक दृश्यमा तयार भएको म्युजिक भिडियोलाई आदित्य बुढाथोकीले निर्दशन गरेका हुन्। भिडियोमा मुकेस हुमागाईंको छायाँकन पदम सुवेदीकोको सम्पादन र मिलन बिकले कलर गरेका छन्। भिडियो सदिक्ष्या फिल्म्सको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।