युवराज र अनुष्काको ‘हाम्रो सम्बन्ध’ सार्वजनिक (भिडियो)



काठमाडौं। गायक युवराज चौलागाईं तथा गायिका अनुष्का पाठकको स्वरको यूगल गीत ‘हाम्रो सम्बन्ध’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायिका पाठकद्वारा रचना गरिएका शब्दहरुको यो गीतलाई गायक चौलागाईंले संगीतबद्ध गरेका छन् । गीतमा रिकेश गुरुङको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ छ ।

गीतका भिडियो आकर्षक बनेको छ । युवराज चौलागाईंको यूट्युबबाट सार्वजनिक भएको उक्त गीतको भिडियोमा गायक चौलागाईं तथा गायिका पाठकले नै अभिनय गरेका छन् ।

शान थापाद्वारा निर्देशित भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् । सुप्रिम पराजुलीद्वारा सम्पादन तथा रंग संयोजन गरिएको यो भिडियोमा राजिव समरको कोरियोग्राफी छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.