शित्तल र रेजिनाको ‘ढुंगाको मन’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक शित्तल गुरुङ र गायिका रेजिना परियारको स्वर रहेको ‘ढुंगाको मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । संजिव के खातीको शब्दमा रहेको गीतमा रमेश परियारको संगीत रहेको छ । गीतको म्युजिक भिडियो शनिबार ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियोमा सबिन पौडेल, प्रिया गुरुङ, मनोज नहर्की र आर्जु अधिकारीको अभिनय रहेको छ । भिडियोलाई बिकासित शर्माले निर्देशन गरेका हुन्। लक्ष्मण घिमिरेले छायाँकन गरेको भिडियोको सम्पादन रमित ओलीले गरेका छन्।