‘गोजी रित्तै’छायाँकन सम्पन्न


काठमाडौँ। जेजी प्रोडक्सनको ब्यानरमा निर्माण भई रहेको चलचित्र ‘गोजी रित्तै’को छायाँकन सकिएको छ। विनोद परियारको निर्देशनमा बनेको सामाजिक तथा हाँस्य चलचित्र ‘गोजी रित्तै’को हेटौंडा आसपासमा छायाँकन गरिएको हो। शिला तामाङको प्रस्तुतिमा निर्माण भएको चलचित्रको कार्यकारी निर्माता शुकदेव गोले र सह निर्मातामा सुमन मगर र राधिका लामा रहेका छन्। आयुष बुढाथोकीले लेखेको चलचित्रको छायाँकन रामेश्वर हुमागाईंले गरेका हुन् भने द्वन्द निर्देशन राजु किरांतले गरेका छन्।

चलचित्रमा राजु श्रेष्ठ,बुद्दि तामाङ,नमिता राई,मनिल तामाङ,सारदा गिरि,बिष्णु सापकोटा,श्याम राई र राधिका तामाङ लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रको सम्पूर्ण छायाँकन सकेर युनिट काठमाडौँ फर्कीसकेको छ। चलचित्रको सम्पादनको कार्य धमाधम सुरु भएको कलाकार राजु श्रेष्ठले जानकारी दिए।

Copyright © 2012 - 2026 | All Right Reserved.