रानीको ‘म गुनासो के को गरुँ’ मा धिरेन र उषा (भिडियो)



काठमाडौँ। गायिका रानी शाक्यले गुनासो के को गरुँ भन्दै प्रश्न सोधेकी छिन् । उनको नयाँ गीत ‘म गुनासो के को गरुँ’मा मन भित्र गुम्सिएका भावनाहरु पोखिएका छन् । यो गीतमा राजेश शाक्यको शब्द र कल्याण सिंहको संगीत छ । गीतकार शाक्यले गीतको माध्यमबाट कसैको पीडालाई व्यक्त गर्ने काम गरेका छन् ।

गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रका सफल नायक धिरेन शाक्यले पूर्व मिस नेपाल उषा खड्गीसँग अभिनय गरेका छन् । भिडियोमा धिरेनसँग बिताएका पलहरु संझिएर उषाले आँशु बगाएको देख्न सकिन्छ । गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा उत्तम हुमागाँइको छायांकन, माधव वेलवासेको सम्पादन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.