म्याड्रिक्सले दियो कमल र मेलिनालाई सरप्राइज पार्टी



काठमाडौँ। केहि दिन अघि गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट (टिकाटालो) गरेका थिए । गत आइतबार सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै उनीहरुले आफूहरुबीच इन्गेजमेन्ट भएको जानकारी गराएका थिए । कमल र मेलिना मैनालीको यो नव जोडीलाई सानो ठिमी दिब्यस्वरी प्लानिङ्ग रिभर साइडमा रहेको रेस्टुरेन्ट म्याड्रिक्सले सरप्राइज पार्टी दिएको छ। बिहिबार सांझ म्याड्रिक्समा पुगेको जोडी त्यहाँको माहोल देखेर अचम्मित बने। रेस्टुरेन्ट संचालकले सामान्य भेटघाट भनेर बोलाउनु भएको थियो यहाँ आइ पुग्दा यहाँको तयारी देखेर अचम्म परेको कमलले बताए।

म्याड्रिक्समा हुने विभिन्न सांगीतिक गतिविधिमा सहभागी भई रहने यो जोडीलाई यसरी स्वागत गर्न पाउँदा आफुलाइ पनि खुसि लागेको संचालक प्रतीत खड्काले बताए। सेलिब्रेटीहरुको विभिन्न उत्सवहरुलाई झन् महा उत्सवको रुपमा मनाउनु पर्छ भन्ने सोचका साथ यो कार्यक्रम राखिएको खड्काले बताए। पारिवारिक बाताबरणमा स्वच्छ खानाको परिकार संगै सांगीतिक प्रस्तुतिको मजा लिन पाइने म्याड्रिक्सले विभिन्न सांगीतिक कार्यक्रमहरु पनि गर्दै आइ रहेको छ।

थुप्रै संचारकर्मीहरुको बिचमा केक काट्दै यो जोडीले खुसि साटासाट गर्यो। कमल र मेलिना केही समयदेखि प्रेम सम्बन्धमा थिए । कमल नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक तथा संगीतकार हुन् भने मेलिना मैनाली उदयीमान गायिका हुन् । उनी रियालिटी शो भ्वाइस अफ नेपालबाट चर्चामा आएकी हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.