‘बाबरी’को तेस्रो गीत सार्वजनिक,रोमान्टिक बने अदिति र धिरज नाडकर



काठमाडौँ। सुरेन्द्र पौडेलको निर्देशनमा बनेको चलचित्र ‘बाबरी’को तेस्रो गीत सार्वजनिक गरिएको छ । बिहीवार सार्वजनिक ‘मायाका रंगहरु’ बोलको रोमान्टिक गीतमा रचना रिमाल र सनुप पौडेलको स्वर, कालीप्रसाद बाँस्कोटा एवं सविन एकतारेको शब्द रचना र कालीको संगीत छ । चलचित्रको यसअघि दुई गीत ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ हिट भइसकेका छन् ।

गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरु अदिती बुढाथोकी र धिरज नाडकर रोमान्टिक भावमा प्रस्तुत छन् । उनीहरुको केमेस्ट्री सुहाएको देखिन्छ । यही चलचित्रबाट धिरजले नायकको रुपमा डेब्यू गरेका हुन् । चलचित्रमा धिरज र अदितीका अलावा धिरज मगर, बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङलगायतको पनि अभिनय छ ।

गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता रहेको चलचित्रको सह-निर्मातामा सुष्मा गुरुङ छिन् । दशैँको अवसर पारेर असोज १४ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रमा निर्देशक पौडेलको कथा, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत, रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालको पटकथा तथा संवाद र नरेन्द्र मैनालीको छायांकन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.