उत्कृस्ट निर्देशकले एक लाख पाउने (फोटो फिचर सहित)


Rima-Bk-Award
(सेलेब्रिटी नेपाल) २१-‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’को नोमिनेशनमा परेका चलचित्रकर्मीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा १३ विधामा नोमिनेशनमा परेका चलचित्रकर्मीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।
suraj-subba-nalbo
अवार्ड बितरण कार्यक्रम साउन ५ र ६ गते भब्य र सभ्य रुपमा सम्पन्न गरिने कार्यक्रम रहेको छ। कुल १३ विधामा प्रदान गरिने अवार्ड कार्यक्रममा उत्कृस्ट हुने लाई नगद पुरस्कारको पनि व्यवस्था गरियको छ। उत्कृस्ट निर्देशकले एक लाख नगद र ट्रफी तथा अन्यले नगद एक लाखका साथै ट्रफी तथा प्रमाण पत्र पाउने छन्। यो अवार्ड नेपाली चलचित्र उद्योगको अहिले सम्मको सबै भन्दा ठुलो र भब्य अवार्ड हुने छ। यस अवार्डमा समाबेश विभिन्न विधाहरुलाई चलचित्र क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुको नामबाट नामाकरण गरियको छ ।
Rajesh-Payal-Rai
अवार्ड वितरण गर्नको लागि विभिन्न देशका चलचित्र कर्मी हरु पनि नेपाल आउने भएका छन्।
Anubhav-Regmi