सुगमको ‘तिमी फर्केर आयौ’ मा आकाश, बिकाश र करुणा (भिडियो)


काठमाडौँ। सुगम पोखरेलको स्वरमा रहेको नयाँ गीत ‘तिमी फर्केर आयौ’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा गीतकार प्रदिप चापागाईंको शब्द र कल्याण सिंहको संगीत र दीक्षित पौडेलको एरेन्ज रहेको छ।

सार्वजनिक भिडियोमा आकाश श्रेष्ठ , बिकाश लामिछाने र करुणा श्रेष्ठ फिचर्ड छन् । प्रेम र बिछोडको कथामा तयार भएको म्युजिक भिडियोलाई निकेश खड्काले निर्दशन गरेका हुन्। भिडियोमा उत्तम हुमागाईको छायांकन, अनिता ग्वाचाको मेकअप र बिकास धमलाको सम्पादन समाबेश छ।