डब्बु र राजेशपायलको गजल ‘सावनको भेल’ सार्वजनिक (भिडियो)



काठमाडौं। गीतकार तथा गजलकार डब्बु क्षत्रीको रचना तथा गायक राजेशपायल राईको स्वरमा रहेको गजल ‘सावनको भेल जस्तो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।डब्बु क्षत्रीले एक समयको लोकप्रिय गलज मानिएको सावनको भेल जस्तोको लामो समयपछि भिडियो निर्माण गरिएको हो । यो गजल क्षत्रीको झरी गीति÷ गजल सँग्रहमा रहेको छ ।

थुप्रै गीत गाएका राजेश पायल राईले यो भन्दा अघि गजलमा स्वर दिएका थिएनन् । क्षत्रीको सावनको भेल जस्तै नै आफ्नो स्वरमा रेकर्ड भएको पहिलो गजल भएको गायक राजेश पायलले बताएका छन् । यो गजलमा जुगल डँगोलको संगीत रहेको छ । गजलमा संगीत संयोजन पनि जुगलले नै गरेका हुन् ।
गीतकार क्षत्रीकै निर्देशनमा भिडियो बनेको छ । यो गजलको भिडियोमा प्रवण भुसाल र सरिता भारतीको अभिनय रहेको छ । टँक केसी र ज्ञानु राईले छायाँकन गरेको यो म्युजिक भिडियोको कोरियोग्राफी सुवास बुढाथोकीले गरेका हुन् । बीरेन्द्र भाट विपिनको सम्पादन रहेको छ । विलक्षण क्रियसन प्रा.लिद्धारा निर्मित यो गीतको भिडियोलाई विन्ध्यवासिनी म्युजिकको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.