अञ्जु र आशिषको ‘छुनुमुनु छुनुमुनु’ सार्वजनिक (भिडियो)


काठमाडौँ। गायिका अञ्जु पन्त र आशिष अविरलको स्वर रहेको गीत ‘छुनुमुनु छुनुमुनु’ को भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियो आशिष अविरलको च्यानलबाट सार्वजनिक गरिएको छ ।

अविरलको एरेञ्ज तथा संगीत रहेको गीतको शब्द रचना एक नारायण भण्डारीले गरेका हुन् । गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचर्ड गरिएको छ । गीतको भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका हुन् । पवन सुसलिङ खिचेका भिडियोलाई सुरज अधिकारीले सम्पादन गरेका हुन् ।