गायिका निताको ‘रङ्गीन संसार’ सार्वजनिक (भिडियो)



काठमाडौं। गायिका निता आचार्यको नयाँ गीत ‘रङ्गीन संसार’ सार्वजनिक गरिएको छ । राजकुमार बगरको शब्द तथा संगीत, कमल सौरागको एरेञ्ज रहेको गीत ‘रङ्गीन संसार’को भिडियो सार्वजनिक भएको हो । प्रकाश धितालको निर्देशन रहेको गीतको भिडियोमा रुविना थापा र कुन्साङ बोमजनलाई फिचरिङ गरिएको छ । भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन छ ।

निताको पछिल्लो गीत ‘रङ्गीन संसार’ लाई आफ्नै अफिसियल युट्युव च्यानल ‘निता आचार्य’ मार्फत सार्वजनिक गरेकी छन् । यो गीतको भिडियोलाई हेरेर माया गरिदिने सम्पूर्ण दर्शकलाई धन्यवाद दिँदै आफूलाई सल्लाह सुझाव र हौसला प्रदान गर्न गायिका निता आचार्यले सम्पूर्ण दर्शक/श्रोतासँग अनुरोध गरेकी छन् ।