इन्डियन आइडल बिजेता पवनदीप र अरुनिताको नेपाली गीत सार्वजनिक (भिडियो)



काठमाडौँ। इन्डियन आइडल १२ का बिजेता नेपाली मुलका गायक पवनदीप राजन र इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वरमा नेपाली गीत सार्वजनिक गरिएको छ। गीतकार एसपी सापकोटाको शब्द रचना रहेको गीत ‘घाम झैं बलेकि’ बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। यो पवनदीपको पहिलो नेपाली गीत हो। पवनदीपले पहिलोपटक नेपाली गीत गाउन पाउँदा खुसी व्यक्त गरेका छन्। उनले गीतकार एसपी सापकोटाको शब्द मन परेकोले यो गीत गाएको बताए ‘म बच्चैदेखि नेपाली गीत सुन्दै हुर्केको हुँ। अहिले यति राम्रो नेपाली गीत गाउन पाउँदा खुसी छु। नेपालबाट यस्तो राम्रो गीत बनेर मुम्बई आयो कि, मलाई सुन्दर पहाडको झल्को याद आयो।’

गीतमा शिखर सन्तोषको संगीत तथा उदयराज पौडेलको एरेन्जमेन्ट रहेको छ। बलिउडका चर्चित गायक तथा संगीतकार कैलाश खेरको कैलाश स्टुडियोमा रेकर्ड गरिएका गीत मुम्बईका मिक्सीङ इन्जिनियर निरज सिंहले रेकर्ड गरेका हुन् । गीतको अडियो बलियो बनेको छ। गीतको भिडियो पछिल्लो समयमा नेपाली फिल्ममा निकै ब्यस्त बनेका डिओपी सुदिप बरालले निर्देशन गरेका छन्। बरालकै डिओपी रहेको भिडियो गीतअनुसार निकै आकर्षक र लोभलाग्दो बनेको छ। गीतको भिडियो पोखरा र त्यस आस पासका मनोरम दृष्य समेट्दै छायांकन गरिएको छ। भिडियोलाई स्तरिय बनाउँन कुनै पनि कसर बाकी नराखेको निर्देशक सुदीप बरालले बताए। भिडियोमा अभिनेता राजकुमार र मोडल आश्मा बिश्वकर्माले अभिनय र नृत्य गरेका छन्। राजकुमारले यस अघि नेपाली फिल्म साइनोमा अभिनय गरेका थिए।

भिडियोमा कोरियोग्राफी मौसम हिमाली र सम्पादन सम्पादक प्रबिण भट्टको रहेको छ। गीतको भिडियो कर्म एसपी सापकोटा युट्युब च्यानलमाबाट सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.