यो हप्ता तिनको प्रतिक्षा समाप्त


the-rape
(सेलिब्रेटी नेपाल) २१ असार-फ्राईडे रिलिज अन्तर्गत यो साता तीन नयाँ सिनेमा प्रर्दशन भएका छन। प्रचार प्रसारमा खासै नदेखियका यी तीनै चलचित्र’सुट’,’द रेप’र’जीवनलीला’आउने र जाने मात्र हुने विश्लेषण गरिएको छ।

बलात्कार यौन हिंसाबाट मात्रै हुँदैन । एक महिलाले हरेक क्षण पुरुषबाट के-कस्ता मानसिक र भावनात्मक हिंसाको सिकार बन्न पर्छ भन्ने नै ‘द रेप’ को मर्म भनिएको छ। मानसिक हिसाबले पनि बलात्कार हुन सक्छ भन्ने कथा बोकेको फिल्मलाई मनोज श्रेष्ठले निर्देशन गरेका हुन्। उनी आफैं पनि मुख्य भूमिकामा खेलेका छन्। त्यसबाहेक प्रतीक्षा नेपाली, कमल ज्ञवाली, कविता राना, रामकुमार रणपाल लगायतको पनि अभिनय रहेको छ । चलचित्रमा नरेश पाण्डेको संगीत रहेको छ भने लगानी एलिसा श्रेष्ठको छ ।
nepali-movie-shoot
विश्वदीप घिमिरेले निर्देशन गरेको ‘सुट’मा सुरज रानाभाट, दीपक क्षेत्री, नीता पोखरेल, दिनेशजंग खड्का, रञ्जिता लिम्बू, जिएस पाण्डे, आयुषा राई, विशाल केसी लगाएतका कलाकारले अभिनय गरेका छन्। यो चलचित्र पछिल्लो समयमा नेपाली चलचित्रमा देखिएको अश्लीलताविरुद्ध केन्दि्रत हुने निर्देशक घिमिरेको दाबी छ।

शुक्रबारबाटै प्रर्दशन हुने अर्को चलचित्र ‘जीवनलीला’लाई प्रितम गुरुङले निर्देशन गरेका हुन। विनय लामा र कुन्ती सुब्बाको मुख्य भूमिका रहेका यस चलचित्रमा एक्सन, हाँसो र रोदन समेटिएको छ। पाल्पाको मगर गाउँमा खिचिएको चलचित्रमा बिबि अनुरागीको संगीत र नारायण रायमामाझीको गीत रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.