पुष्पा गजमेरको ‘लुकाएर तिमीलाई’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायिका पुष्पा गजमेरको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘लुकाएर तिमीलाई’बोलको गीतमा शब्द रचना बिष्णु भण्डारीको र संगीत सरोज पोखरेलको रहेको छ। माया प्रेमको भाव बोकेको गीतको एरेन्ज देबेश राईको रहेको छ भने मेल भोकल मनोज खनालको रहेको छ। साजन कट्टेलले निर्देशन गरेको भिडियोमा छायाँकन दिनेश पराजुलीको र सम्पादन राकेश दाहालको रहेको छ। भिडियो सरोज पोखरेलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। भिडियोमा गायिका पुष्पा स्वयम् फिचर्ड छिन्।