प्रमोदको ‘तिम्रो फोटो नहेरेको’ बोलको गीत सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘तिम्रो फोटो नहेरेको’बोलको गीतमा शब्द सुनिल धितालको र शब्द रचना राज कुमार बगरको रहेको छ। बबिता श्रेष्ठले निर्देशन गरेको भिडियोमा गोकर्ण ओली र रोज गाहा फिचर्ड छन्। मुकेश हुमागाईंले छायाँकन गरेको भिडियोको सम्पादन मिन रावलले गरेका हुन्। भिडियो प्रीयसी म्युजिकको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।