फाटेको जुत्ता लेख्नेलाई एक लाख पुरस्कार


fateko-jutta
(सेलिब्रेटी नेपाल) २० असार-चपली हाईट निर्माणसँगै चर्चामा आएका निर्माता अर्जुन कुमारले एक बर्ष अगाडी घोषणा गरेको चलचित्र ‘फाटेको जुत्ता’को लागि स्क्रिप्ट राईटिङ कम्पिटिसन गराउँदै छन्। अर्जुनले फिल्मको नामसँग सुहाउँदो स्क्रिप्ट लेख्नेलाई रू. एक लाख नगद दिने भएका छन् । हाल चलचित्र फिटकिरीको पोष्टप्रोडक्सनमा व्यस्त रहेका निर्माता अर्जुनले सञ्चारकर्मीहरूकै रोहवरमा पुरस्कार दिने जनाएका छन्।

बिहिबार एक प्रेस विज्ञप्ती जारी गरि निर्माता कुमारले आएका स्क्रिप्ट मध्येबाट उत्कृष्ट एकलाई पुरस्कार दिने बताएका छन् । उनले नाम तोके पनि कथाको क्राइटएरिया भने तोकेका छैनन् । ‘यो खुल्ला प्रतियोगिता हो । नामसँग सुहाउने गरि जुन बिषयबस्तुमा कथा लेखे पनि हुन्छ,’ अर्जुनले भने’जति सक्दो छिटो स्क्रिप्ट आउँछ त्यति नै छिटो चलचित्र निर्माणकार्य पनि सुरु हुन्छ ।’स्क्रिप्ट आए पछि नै कलाकार तथा अन्य प्राबिधिकहरुको चयन गरिने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.