रानी र विजयको ‘कालो कोठीमा’मा नम्रता र सुधीर (भिडियो)



काठमाडौँ। गायिका रानी शाक्य र गायक सिडी विजय अधिकारीको स्वरमा ‘कालो कोठी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । समीर राईको शब्द र विक्रम थापाको संगीतमा तयार भएको यो गीतलमा आदेश गुर्माथनको एरेन्ज छ ।

भिडियोमा नम्रता सापकोटा र सुधिर श्रेष्ठको नृत्य हेर्न सकिन्छ । क्लबमा यो गीतको भिडियो छायांकन गरिएको छ । बुद्ध थापाको छायांकन रहेको भिडियोमा बिष्णु खड्काको सम्पादन छ । भिडियोलाई रायन कार्कीले निर्देशन गरेका हुन् । भिडियो रानी शाक्यको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.