विरही कार्कीको ‘मायाको ढोका खोलिदेउ’ मा शिल्पा र सागर (भिडियो)


काठमाण्डौँ । विरही कार्की र अन्जु पन्तको आवाजमा रहेको लोक तथा दोहोरी गीत ‘मायाको ढोका खालिदेउ’ सार्वजनिक गरिएको छ । भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र सागर लम्साल ‘बले’ले स्कृन शेयर गरेका छन् । भिडियोको निर्देशन शंकर विसीले गरेका हुन् । करण चैसिरले खिचेको भिडियो सम्पादन नविन घर्ति मगरले गरेका हुन् । अमेरिकाबाट नेपाल आएका बेला रेकर्ड गराएको गीतको भिडियो गायक विरहीले सार्वजनिक गरेका हुन् । भिडियो विरही कार्कीको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।