दिपेन्द्र के खनालको ‘के घर के डेरा’को फस्टलुक सार्वजनिक



काठमाडौँ। कार्तिक ४ मा प्रदर्शनमा आउने तयारीमा रहको चलचित्र ‘के घर के डेरा’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनाल निर्देशित चलचित्रको पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रविन्द्र झा फिचर्ड छन् । महेश दवाडीको पटकथा/संवाद रहेको चलचित्रमा लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्री बाल कलाकार आयुशी ढकालको पनि अभिनय छ ।

सिंगे लामाको कथा रहेको चलचित्रमा शंकर थापा स्माइल/कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिनेमाको निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् । यम ओलीको प्रोडक्सन डिजाइन रहेको चलचित्रको वितरण जिजिए ग्रुपले गर्नेछ।