‘झिङ्गे दाउ’को प्रिमियर, मौलिक कथामा बनेको चलचित्र



काठमाडौँ। यहि शुक्रवार अर्थात् भोलिबाट प्रदर्शनमा आउने चलचित्र ‘झिङ्गे दाउ’ को राजधानी काठमाडौंमा प्रिमियर शोको आयोजना गरिएको छ । चलचित्रको प्रिमियर शोमा नेपाली चलचित्र क्षेत्रका पुराना तथा नयाँ चलचित्रकर्मीको बाक्लो उपस्थिति रहेको थियो । चलचित्र हेर्ने सबैले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए। नेपाली समाजको यथार्थ कथामा बनेको मौलिक चलचित्र चलचित्र हेरिसकेपछि पाएको प्रतिक्रियाले नायिकाद्धय केकी अधिकारी र आँचल शर्मा निक्कै खुशी देखिए । लभ स्टोरी चलचित्रमा देखिइरहेकी आँचल यो चलचित्रमा देउरानीको भूमिकामा छिन् । यसैले, पनि भिन्न भूमिकालाई न्याय गर्न कत्तीको सकेँ होला भन्ने कौतुहलताले आँचललाई सताएको थियो ।

निर्देशक ज्ञानेन्द्र देउजाले एउटा पूर्ण मनोरञ्जनको प्याकेज बनाएको बताए । चलचित्र हेरेका अधिकांश चलचित्रकर्मीले गाउँको आफ्नोपन बोकेको कथा हेर्न चाहनेका लागि यो चलचित्र उत्कृष्ट हुने बताए । वास्तविक अर्गानिक कथाको रुपमा अधिकांशले यो चलचित्रलाई चित्रित गरेका छन् ।

मुकुन भुषाल, कुशल बिष्ट, संगम भण्डारीको समेत अभिनय रहेको चलचित्रले आमा र छोराविचको सम्बन्धको कथा भन्छ । पाका निर्देशक देउजाको यो चलचित्र हेरेर फर्किदै गर्दा धेरैका आँखा रसाएका थिए ।