चलेन पर्दामा नग्नता,दर्शकले रुचाएनन सेक्स


jiya kc cbn
(सेलिब्रेटी नेपाल) १९ असार-सिनेमाहरू चलिरहेका छैनन्। कस्तो सिनेमा बनाउने? कस्तो सिनेमा बनाएमा दर्शकले सिनेमा हेर्लान्? वा दर्शकको चाहना र इच्छा के हो? यो कुरा बुझ्न नसक्दा सिनेकर्मीहरू अन्योलमा पर्ने गरेका छन्। एकातिर अवस्था यस्तो छ भने अर्कोतिर रातारात चर्चामा आइने लोभ, मोह अनि गलत सोचका कारण केही महिला पात्र पर्दामा नग्न रूपमा प्रस्तुत भइदिँदा केही बचेका दर्शक पनि भाँडिने अवस्था छ। नेपाली सिनेमाका नयाँ–नयाँ दर्शकहरू खोज्नुपर्ने समयमा भएका दर्शकले पनि केही अश्लील सिनेमाका कारण पनि नेपाली सिनेमा क्षेत्र गतिलो बन्न सकिरहेका छैन।
कलाकारिताको जिम्मेवारी बोध गर्न नसक्ने अनि यसको अर्थ पनि नबुझ्ने जिया केसी, सविना कार्की, सोनिया शर्मा अनि सुष्मा कार्कीजस्ता स्वघोषित सुन्दरी नवप्रवेशी अनुहारको प्रवेश नै अन्ततः यो क्षेत्रका लागि गलत भइदियो। यिनीहरूलाई सिनेमामा उक्साएर आवश्यकताभन्दा बढी महत्त्व दिनेहरूले पनि यो क्षेत्रमा गलत सन्देश प्रवाह गरिरहेका छन्।

आफूले र सिनेमा क्षेत्रले भविष्यमा भोग्नुपर्ने गलत नियतिप्रति बेवास्ता गर्दै पछिको परिणाम खराब नै आउने थाहा हुँदाहुँदै पनि विशेष गरेर नवप्रवेशी महिला कलाकार नाङ्गिएर पर्दामा आउनु अनि यस्ताको इच्छालाई मलजल पुर्‍याउन उद्यत् सिनेकर्मीहरूका बारेमा यसपटक केही चर्चा गरिनेछ। प्रसङ्ग, पर्दामा नाङ्गिएर पनि नचलेका नेपाली सिनेमाको हो।
sima-kcpp
कलाकारलाई नङ्ग्याउने अनि त्यही कुरालाई ‘हाइलाइट्स’ गरेर ठूलै काम गरेँ भन्ने भ्रम पालेर अगाडि बढ्न खोज्नेहरू अन्ततः एक दिन नराम्ररी पछारिने कुरा निश्चित छ। करिश्मा मानन्धर, निरुता सिंह, जल शाह अनि रेखा थापाले कहिले पनि आफूलाई भल्गर रूपमा प्रस्तुत गरेनन्। बरु एक दिन रेखा थापाभन्दा माथि पुग्छु भनेर खोक्ने जिया केसीको प्रवेशसँगै यो क्षेत्रमा नग्नता भित्रिएको हो। विगत नै अस्पष्ट भएका जिया, सोनिया, सुष्मा अनि सविता कार्कीहरूको भविष्य उज्यालो हुने त कुरै छैन। नायिका नाङ्गिएको अनि भल्गर संवाद र दृश्यहरू समाविष्ट चलचित्रहरू व्यावसायिक रूपमा नचलेको र त्यस्ता सिनेमाहरू एकपछि अर्को असफल भइरहेको अवस्थामा घामजस्तै छर्लङ्ग हुँदाहुँदै पनि अझै फिल्ममेकरहरूको आँखा खुलेको छैन। हालै पनि यस्तै भल्गारिटीको चरम दृश्यहरू समावेश गरिएको सुपारी, अप्रिल फूल अनि लभ फर एभर नामक चलचित्रले पनि पानी भन्न सकेनन्। अब क्रमशः दर्शकहरूले यस्ता गलत सेन्स भएका र उद्देश्य बोकेका चलचित्रलाई बहिष्कार गर्दै जाने हो भने यस्ता ‘सी गे्रड’का सिनेमाहरू, कलाकार र मेकरहरू आफैँ माइनस हुँदै जाने कुरा निश्चित छ। अभिनय क्षमता नभएकाहरू सस्तो चर्चाका लागि नाङ्गिन तयार हुने अनि यस्तालाई प्रयोग गरेर नयाँ प्रयोग, नयाँ सोच र नयाँ कथाको नाममा गलत कुरा पस्कनेहरूलाई अन्ततः दर्शकहरूले नै बहिष्कार गरेपछि यिनीहरू स्वतः माइनस हुने कुरा निश्चित छ।

अहिलेका नवप्रवेशी अनुहारहरूलाई नेपाली सिनेमामा लामो यात्रा तय गर्नुपर्छ भन्ने सोच र हेक्का नै छैन। त्यसैले त उनीहरू ‘चट मगनी झट्ट शादी’ भन्ने उखानलाई चरितार्थ गर्दै सिनेमा क्षेत्रमा ओइरिएका छन्। ग्ल्यामर्सको आडमा नग्न रूपमा प्रस्तुत हुने अनि त्यस्तै खालका भूमिकामा उभिएर चर्चा पाउन पाए दङ्ग पर्नेहरूको जमातले क्रमशः नेपाली सिनेमा ओरालो लाग्दै छ। यति मात्र होइन, केही जिम्मेवार सिनेकर्मीहरू पनि पैसा पाउनासाथ जोसँग जसरी पनि पर्दामा देखिन थाल्नुले नेपाली सिनेमाप्रति नकारात्मक धारणा बनाउन थालेका छन्।
घटना र विचार बाट जस्ताको तस्तै

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.