‘२ नम्बरी’ को पहिलो गीत ‘झलल आयो’ मा रोमान्टिक बने उपासना र सौगात



काठमाडौँ। असोजको २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र २ नम्बरी’ को पहिलो गीत सार्वजनिक गरिएको छ । मेलिना राई र जयन जे वाइवाको स्वर रहेको ‘झलल आयो तिम्रो याद’ बोलको गीतमा जयनकै संगीत र शब्द छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको चलचित्रका गीतमा निमेष श्रेष्ठको सम्पादन छ ।

रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा दीपक मनाङ्गे, अमला देवी राई र जयश श्रेष्ठको लगानी छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको चलचित्रमा मिठु तामाङ्नी सह–निर्माताको रुपमा छिन् । किरण नेपालीको प्रस्तुतिमा तयार भएको चलचित्रको यो गीतमा मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरीलाई फिचरिङ गरिएको छ ।

चलचित्रमा उगेन छोदेन, वुद्दि तामाङ, पुष्कर गुरुङ, कविता आले लगायतका कलाकारको अभिनय छ । सुशन प्रजापतिको छायांकन रहेको चलचित्रले २ साथीको मित्रताको कथा भन्छ ।