मिलन चाम्सको ‘वर एण्ड वधु’फागुन १९ मा



काठमाडौं । मिलन चाम्सको निर्देशनमा छायांकन भइरहेको चलचित्र ‘वर एण्ड वधु’को प्रदर्शन मिति तय गरिएको छ । रोमानियामा छायांकन सकेर नेपाल आएलगत्तै निर्माताले रिलिज घोषणा गरेका हुन् । निर्देशक चाम्सले दिएको जानकारी अनुसार लभस्टोरी र कमेडी जनरामा तयार भएको यो चलचित्र फागुनको १९ गतेबाट रिलिज हुनेछ । चलचित्रमा आँचल शर्मा, विवेक कर्माचार्य र हिमेश पन्तको मुख्य भूमिका छ ।

रोमानियामा छायांकनका केही तस्वीर समेत निर्माणपक्षले सार्वजनिक गरेको थियो, जसमा आँचल र विवेक रोमान्टिक देखिएका छन् । चलचित्रको बाँकी सुटिङ नेपालमा हुने तयारीमा छ । रोमान्टिक कमेडी कथामा निर्माण भैरहेको चलचित्रलाई एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा तयार पारिएको हो । चलचित्रका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । चलचित्रमा जानुका थापाको लगानी छ ।

प्रदीप भारद्वाजको लेखन रहेको चलचित्रमा विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी,सन्तोष खनाल र सृष्टि खड्काको समेत अभिनय रहनेछ । साम्राज्ञी राज्यलक्ष्मी शाह केमियो भूमिकामा हुनेछिन् । चलचित्रमा अर्जुन पोखरेल र युग भुसालको संगीत,सुदिप बरालको डिओपी,अर्जुन जिसीको सम्पादन र रविन्द्र सुवेदीको छायांकन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.