मेचु धिमालको ‘अन्ताक्षरी’ सार्वजनिक(भिडियो)



काठमाडौं। गायिका मेचु धिमाल र गायक सुप्रिम मल्ल ठकुरीको स्वरमा रहेको नयाँ गीत ‘अन्ताक्षरी’ को भिडियो सार्वजनिक गरिएको छ। लोकभाकामा बनेको गीतमा माया र प्रेमका भावहरुलाई समेटिएको छ । भिडियोमा गायिका मेचु आफै र गायक सुप्रिम मल्ल ठकुरी फिचर्ड छन् । लिलाराज काङ्गवाङ्गको शब्द तथा मेचु धिमालको संगीत रहेको गीतमा संगीत संयोजन विसम आचार्यले गरेका छन् ।

इशाक जगेवुले छायांकन गरेको भिडियोलाई गायिका मेचु धिमाल स्वयम्कोले रियोग्राफी तथा निर्देशन गरेकी छन्। इशाक जगेवुले सम्पादन गरेको भिडियो मेचु धिमालको आफ्नै अफिसियल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ।