बाल गीत ‘मिठी पापा’ सार्वजनिक


काठमाडौं । नयाँ बाल गीत ‘मिठी पापा’ सार्वजनिक गरिएको छ । सर्टफिल्म ‘आराध्या’ मा समावेश गीतमा बालगायिका आर्सिय साहको आवाज सुन्न सकिन्छ ।विशाल निरौलाको संगीत तथा एरेन्जमा तयार गीतमा जीवन भण्डारीको शब्द रहेको छ । आमिर गौतम, सुरविना कार्की, सफु बुढाथोकीलगायतका कलाकारको अभिनय रहेको फिल्मको ‘मिठी पापा’ शीर्ष गीत हो ।

रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार सर्ट फिल्म भने केहि दिनमा सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ । यो फिल्मको केही हप्ताअघि मात्रै टिजर सार्वजनिक गरिएको थियो, जसले गर्दा फिल्मप्रति दर्शकको चासो थप बढेको हो।