‘सम्हालिन्छ कहिले मन’ गीत सार्वजनिक,रोमान्टिक बने पुजा र आकाश



काठमाडौँ । सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘जरुरी कुरा छ’ र ट्रेलरलाई दर्शकले रुचाएपछि निर्माण पक्षले ‘हराएँ हराएँ’ बोलको रोमान्टिक गीत रिलिज गरेको हो ।

यूके र मुस्ताङमा छायाँकन गरिएको गीतमा पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड छन् । ताराप्रकाश लिम्बु र अनु चौधरीको स्वर छ। सौरभ लामाले छायाँकन गरेको गीतमा आनन्द अधिकारीको शब्द र ताराप्रकाश लिम्बुको संगीत छ । भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।

महेश दवाडीको लेखन रहेको चलचित्रमा पूजा र आकाशका अलावा डेब्यु अभिनेता सोनम तोप्देन, सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ललगायतका कलाकारहरुको अभिनय छ । एबी इन्टरनेशनलसंग भिक्टर सिनेमा लिमिटेडले निर्माण सहकार्य गरेको सिनेमामा अर्जुन पोखरेल/ताराप्रकाश लिम्बु/जेम्स प्रधानको संगीत र अर्जुन जिसीको सम्पादन छ । भदौ १७ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमालाई अमित बस्नेत, अजित केआर थापा र परी रानाले निर्माण गरेका हुन् ।