‘बाबरी’ ट्रेलर सार्वजनिक अदितिको लागी दुई धिरजको द्वन्द (भिडियो)



काठमाडौँ। बाबरी फिल्म्सको व्यानरमा निर्मित चलचित्र ‘बाबरी’ को ट्रेलर रिलिज गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम बिच ३ मिनेट ३७ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा दुई युवक र एक युवती बीचको प्रेमकथा प्रस्तुत गरिएको छ । चलचित्र असोज १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउनेछ। सुरेन्द्र पौडेल निर्देशित चलचित्रको ट्रेलरमा कमेडी, नोकझोक, प्रेम, रोमान्स र वियोगका क्षण महसुस गर्न सकिन्छ ।

सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहोरा र किशोर नेपालको लेखन रहेको चलचित्रमा धिरज मगर, अदिति बुढाथोकी र धिरज नाडकरको मुख्य भूमिका छ । ट्रेलरपनि यी तीन कलाकारको वरिपरि घुम्छ । अदितिलाई पाउन दुई धिरजको टक्करले दर्शकमा कौतुहलता जगाउछ ।

चलचित्रमा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ ।

निर्देशक पौडेलको कथा र सम्पादन रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा/सुजन चापागाईं/अनमोल गुरुङको संगीत, नरेन्द्र मैनालीको छायांकन र एञ्जिला खत्री/विक्रम लामाको कोरियोग्राफी छ । ‘बाबरी’ को गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता रहेका छन् भने सुष्मा गुरुङ सहनिर्माता रहेकी छन् ।
फोटो-सुरेन्द्र थापा