साउन ३१ गते चितवनमा फिल्म ‘कृष्णलीला’को फ्री कन्सर्ट



काठमाडौँ। कृष्णजन्मास्टमीको अवसर पारेर भदौ ३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृष्णलीला’ टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ। प्रदर्शनको मिति नजिकिएसँगै प्रचारप्रसारमा व्यापकता दिइरहेको फिल्मले साउन ३१ गते फ्री कन्सर्ट गर्न लागेको हो। कलाकार सहितको टिमले मंगलबार साँझ ५ बजे सिजी ल्याण्डमार्कमा फ्री कन्सर्ट गर्न लागेको निर्देशक दीपक ओलीले बताए।

ओएसीस एजुकेशन (अस्ट्रेलियन भिसा स्पेशलिष्ट) को प्रस्तुति तथा माइकल चन्दको इभेन्ट निर्देशन रहेको प्रमोसन टुरको कन्सर्टमा अभिनेता पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा लगायत चलचित्र टिम नै उपस्थित हुनेछन्। यसै चलचित्रको हिट गीत ‘ए मेरो हजुर’का गायक रवि ओड र गायिका सुनिता कार्की पनि सहभागिता हुनेछ।

आरआर फिल्म्स प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रमा पुष्प, श्रद्धा, बुद्धि, रविन्द्रसँगै हिउँवाला गौतम, नवीन रेग्मीलगायत कलाकारको अभिनय छ। रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ छन्। चलचित्रको कथा लक्ष्मण सुवेदीले तयार पारेका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.