अन्जुको तीज गीत ‘दर्पण छायाँले हेर त मायाँले’ (भिडियो)



काठमाडौँ । हिन्दु नारीहरुको महान चाड तीज नजिकिदै गर्दा एकपछि अर्को तीज गीतको भिडियो सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा ‘दपर्ण छायाँ हेर त मायाँले’ बोलको तीज गीतको भिडियो सार्वजनिक गरिएको छ । गायिका अञ्जु पन्तको मिठो स्वर समेटिएको गीतमा शब्द नेत्र अर्यालको र संगीत राजेन्द्र बजगाईंको संगीत तथा एरेञ्जर रहेको छ।

सार्वजनिक भिडियोमा उषा खनाल र राजीव जंग वस्नेत लगायतको अभिनय रहेको छ । सौरभ लामाको छायांकन, पदम सुवेदीको सम्पादन रहेको भिडियोका निर्देशक शिव बिक हुन् । भिडियो बुढा सुब्बा डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।