डिपी परिश्रमीको तीज गीत ‘माइतीको आँगनमा नाचम्ला’ ले पायो मिलियन भ्यूज



काठमाडौँ। प्रत्येक वर्ष नेपाली हिन्दू महिलाहरुको महान पर्व तीजको अवसरमा सयौंको संख्यामा तीज गीत सार्वजनिक हुनेगर्छ । त्यस मध्ये कमै गीत मात्र दर्शक श्रोताको रोजाईमा पर्छ । त्यही रोजाई र दर्शक श्रोताको मन जित्न सफल भएको तीज गीत हो , गीतकार डीपी दाहाल परिश्रमीको शव्दमा तयार भएको ‘माइतीको आँगनमा नाचम्ला’ । सार्वजनिक भएको छोटो समयमा गीतकार परिश्रमीको तीज गीत माइतीको आँगनमा नाचम्लाले १० लाखभन्दा बढी पटक हेरिएको गीतको रेकर्ड राखेको हो।

अहिलेकी चर्चित गायिका शान्तिश्री परियारको स्वर तथा फिचरिङ रहेको गीतलाई संगीत पुरुषोतम न्यौपानेले दिएका हुन। भिडियोमा गायिका शान्तिश्री संगै मोडल अन्जली अधिकारी र मोडल नयन डिसी र रमा थपलियाको समेत अभिनय एवं नृत्य देख्न सकिन्छ । स्मृति तिमल्सिनाले निर्देशन गरेको भिडियोलाई भागिरथ गाह मगरले कोरियोग्राफी , रामशरण उप्रेतीले छायांकन र प्रकाश धमलाले सम्पादन गरेका छन ।

भिडियोलाई डिलाइटेड नेपालको युट्यूब च्यानलबाट सार्वजनिक गरेको दश दिनभित्र १० लाखभन्दा बढी दर्शकहरुले हेरेर अपार साथ र सहयोग गरेकोमा गीतकार परिश्रमीले सवैलाई धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.