राजेश हमालले सेक्स गर्दा डाइनिंग टेबल भाँचे


Rajesh-Hamal-karishma
(सेलिब्रेटी नेपाल) १८ असार-श्रावन ३२ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘किन किन’ को यति बेला बजारमा निकै चर्चा परि चर्चा चल्न थालेको छ। उकेश दाहालले निर्देशन गरेको चलचित्रले सेन्सर बोर्ड बाट एडल्ट सर्टिफिकेट पाएको छ। बजारमा धेरैले उकेश दाहालले परिवारमा संगै बसेर हेर्न नमिल्ने नाङ्गो चलचित्र बनायो भनेर भन्न थालेको बेलामा निर्देशक उकेश दाहाललाई हामीले सोधेका थियौं तपाईको चलचित्र सेक्स कै कारण हिट बनाउन खोजेको हो? धेरैले आरोप लगाई रहेका छन् उकेशले नाङ्गो चलचित्र बनायो भनेर उनि हरु लाई के भन्नु हुन्छ? उनको जवाफ थियो’संसारको आकर्षक बिन्दु भनेको सेक्स हो। मान्छेले खुला रुपमा नबोले पनि सेक्स प्रति सबैको रुचि हुन्छ। सेक्स भने पछि दर्शक हल सम्म तानिन्छन्। म नाङ्गो चलचित्र बनाउने व्यक्ति होइन म नाङ्गो चलचित्र कहिले पनि बनाऊदिन। मेरो चलचित्रमा कलात्मक रुपमा महिलाको न्युड शरीर देखाउन खोजिएको छ नाङ्गो होइन।’

उकेशको पहिलो चलचित्र पल पलमा पनि सेक्स कै बिषयमा रहेर निर्माण गरिएको चलचित्र हो। किन किनमा राजेश हमाल र करिश्मा मानन्धर लाई असीको दशकको लुक भनेर भिन्दै गेट अपमा प्रस्तुत गरिएको छ। सुटिंगको समयको अबिश्मरनिय क्षणको स्मरण गर्न आग्रह गर्दा उकेशले एउटा राज खोले नायक राजेश हमाल र नायिका अरुणिमा लामाको बेड सीन खिच्ने क्रममा डाइनिंग टेबल भाँचियको कुराको जानकारी उनले गराए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.