विपीनको ‘अमेरिका मेरो बुढा छ’ मा शंकर र उषाको छमछमी (भिडियो)



काठमाडौँ। महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिएसंगै नयाँ नयाँ तिजका गीत सार्वजनिक हुन थालेका छन् । नयाँदेखि स्थापित कलाकारसम्मले पछिल्लो समय धमाधम तिजका गीत सार्वजनिक गरिरहेका छन् । यसै क्रममा विपीन केसीको शव्दमा सजिएको ‘अमेरिका मेरो बुढा छ’ बोलको गीत सार्वजनिक गरिएको छ ।

युवा व्यवासायी समेत रहेका गीतकार केसी लामो समयदेखि निरन्तर गीत लेखनमा सक्रिय छन् । यसपटक सार्वजनिक उक्त गीतमा जय देवकोटा, रेजीना परियारको आवाज सुन्न सकिन्छ । गीतको भिडियोमा मोडल शंकर बिसी, उषा सुबेदी लगायतका कलाकारको बेजोड प्रस्तुती देख्न सकिन्छ । गीतको अडियो र भिडियोले दर्शकको ध्यान खिचेको छ ।

मदन खड्का, शिव जि क्षेत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन् । प्रकाश खड्काको सिनेम्याटोग्राफी रहेको गीतको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् । १२ मिनेटभन्दा लामो गीतको म्युजिक जय देवकोटाले गरेका छन् । कृष्ण केसीले यसको एरेन्ज गरेका छन् ।