रामबाबु गुरुङको ‘फूलबारी’ औपचारिक घाेषणा,भदौबाट फ्लोरमा जाने



काठमाडौं । कबड्डी फेम निर्देशक रामबाबु गुरुङ नयाँ चलचित्र निर्देशनमा जुटेका छन् । गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘फूलबारी’ को बुधबार औपचारिक घोषणा गरिएको छ। पाँचतारे होटलमा एक विशेष कार्यक्रम आयोजना गरी नयाँ सिनेमाको घोषणा गरिएको हो । चलचित्र अभिभावक र सन्तानबीचको सम्बन्धको कथामा बन्न लागेको हो ।

उपेन्द्र सुब्बाले लेखेको कथामा बन्न लागेको चलचित्रमा विपीन कार्की, अरुणा कार्की,दयाहाङ राई, मिरुना मगर र प्रियंका कार्कीकाे मुख्य भुमिका रहेकाे छ ।चलचित्र यशोदा फिल्मकाे ब्यानरमा निर्माण हुन लागेको हो ।

कमल किशोर मलपानीको कथा र कन्सेप्ट रहेको फिल्मलाई मनिष ढकालले निर्माण गर्नेछन् ।अमेरिकी प्राविधिक जोस हेरमले छायांकन गर्ने चलचित्रमा कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहनेछ । चलचित्रको छायांकन भदौ पहिलाेसातादेखि शुरु हुने निर्माण पक्षले बताएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.