स्वस्तिकाको ‘सम्हाल्दा सम्हाल्दै’मा अलिशा र निया (भिडियो)


काठमाडौँ। गायिका स्वस्तिका ढकालको स्वरमा रहेको नयाँ गीत ‘सम्हाल्दा सम्हाल्दै’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ । सुशिला पौडेलको शब्द रहेको गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । सार्वजनिक भिडियोमा अलिशा शर्मा र निया तामाङ संगै जोकर क्रु समूह लाई पनि देख्न सकिन्छ । पवन सुस्लिङको छायाँकन तथा सम्पादन रहेको भिडियोलाई द जोकेर क्रुकै शयनम अधिकारी ले निर्देशन गरेका हुन । एसके इन्टरटेन्मेन्टको निर्माण रहेको गीतलाई श्याम कार्की युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।