शर्मिला गुरुङ र शान्ति श्रीको तीज गीत ‘केले रुवायो’ सार्वजनिक(भिडियो)



काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीज नजिकिंदै गर्दा तीजका गीतहरु सार्वजनिक हुने क्रम बढेको छ। यसै क्रममा गायिका शर्मिला गुरुङ र शान्ति श्री परियारको स्वरमा रहेको तीज गीत ‘केले रुवायो’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा रेम गुरुङको शब्द रचना तथा शर्मिला गुरुङ र रेम गुरुङको संगीत रहेको छ।

स्मृति तिमल्सिना ‘गुरुआमा’ ले निर्देशन गरेको भिडियोमा गायिका शर्मिला गुरुङ र शान्ति श्री परियार फिचर्ड छन्। राजेश घिमिरेले छायाँकन गरेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन्। भिडियो रेम गुरुङको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।