मोदिकाको ‘तीजआयो घुमेर’ मा गीताको छमछमी (भिडियो)



काठमाडौ । हिन्दू नारीको महान चाड हरितालिका तीजको अवसर पारेर गायिका मोदिका निरौलाको ‘तीजआयो घुमेर’ बोलको तीज गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गीतकार भुवन पौडेलको शब्द तथा अनिल शाहीको संगीत संगै एरेञ्जपनि रहेको छ ।

मौसाबी क्रियशनको प्रस्तुतीमा बनेको भिडियोमा मोडल गीता ढुंगानाले छममछी ठुम्का लगाएकी छिन् । भिडियोमा गीताको साथमा गायिका मोदिकाको नृत्य देख्न सकिन्छ । गीतको शब्दअनुसार हरेक वर्ष घुमेर आउने तीज पर्वलाई भिडियोमा मज्जाले उतारिएको छ । भिडियोमा गीता र मोदिका धपक्कै बलेका छन् ।

ब्लुबेरी अडियो, भिडियो स्टुडियोटिमले निर्देशन गरेको म्युजिक भिडियोमा सोहन मानन्धरको सिनेमाटोग्राफी, इडिट तथा कलर रहेको छ । रेश्मा खड्कीको कोरियोग्राफी रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.