गणेश भजन ‘हे गणनायक’ को भिडियो सार्वजनिक



काठमाडौँ। धार्मीक रुपले श्रावण महिनालाई बिसेष महत्वका साथ लिइने गरिन्छ। बिसेष गरि श्रावण महिनाको सोमवार भगवान शिवको पुजा आराधना गर्ने र ब्रत बस्ने गरिन्छ। श्रावण महिना पारेर गणेश भजन सार्वजनिक गरिएको छ। केन्द्रीय अध्यक्ष नायव बडागुरुज्यू प्रा. डा. माधव भट्टराईको प्रमुख आतिथ्यमा राष्ट्रिय धर्मसभा नेपालको भक्तपुर स्थित शिव मन्दिरमा गणेश भजन ‘हे गणनायक’ को भिडियो सार्वजनिक गरिएको छ।

सागर अधिकारी र इन्दिरा भट्टराईको स्वर रहेको भजनमा शब्द तथा संगीत सागर अधिकारीको रहेको छ। दिनेश पराजुलीले छायाँकन गरेको भिडियोमा उत्तर मगरको सम्पादन र बसन्त सापकोटाको निर्देशन रहेको छ। एच ओ एच म्युजिकको अफिसियल च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.