अन्नु र गायक भुपेनको थारु गीत ‘चलते चलते’ सार्वजनिक(भिडियो)



काठमाडौँ। गायिका अन्नु चौधरी र गायक भुपेन चौधरीको थारु गीत ‘चलते चलते’ सार्वजनिक गरिएको छ । गायक भुपेनकै शब्द तथा संगीत रहेको गीत द कन्टेन्ट नेपाल युट्युव च्यानबाट सार्वजनिक गरिएको हो । द कन्टेन्ट नेपालको प्रस्तुतीमा तयार भएको ‘चलते चलते’ को म्युजिक भिडियोलाई गायक स्वयम भुपेन्द्र चौधरीले निर्देशन गरेका छन् । त्रिकोणात्मक प्रेमकथालाई निर्देशक भुपेनले थारु समुदाय नै भिडियोमा झल्काएका छन् ।

म्युजिक भिडियोमा अनिल कुर्मी, चन्द्रकला कटुवाल, निक्स शर्मा, राम्जी प्रजापति, सुर्बी सुसान्त घिमिरे र युवराज चौधरीको अभिनय रहेको छ । भिडियोमा निर्देशनसंगै छायाँकन, सम्पादन र कलर समेत भुपेनकै रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.