डिजे सन्तोषको नयाँ गीत ‘जालेरुमाल’ मा रसियन मोडलको अभिनय (भिडियो)



काठमाडौँ। लामो समयको अन्तरालमा डिजे सन्तोषले नयाँ गीत ‘जालेरुमाल’ सार्वजनिक गरेका छन् ।मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै भिडियो सार्वजनिक गरिएको हो । गीतमा डिजे सन्तोष सँगै टेकु कान्छा, सुनिता थेगिम, प्रिति कौर र सुरज शाही ठकुरीले स्वर भरेका छन् । यस गीतको शब्द रचना टेकु कान्छाले गरेका हुन् । भिडियोको निर्देशन पवित्रा आचार्य (पाउला) ले गरेकी हुन् ।

गीत सार्वजनिक कार्यक्रममा कलाकार सुनिल थापा, सरोज खनाल, गौरव पहाडी, गायिका प्रिति कौर लगाउत उपस्थित थिए । नेपालमा लोकगीतहरूलाई नयाँपन दिने श्रेय डिजे सन्तोषलाई जान्छ । चियाबारीमा, घरबेटी नानी, कलकत्ते काइय‍ो, मै छोरी सुन्दरी लगायत दर्जनौं नेपाली गीतलाई रिमिक्स गरेका डिजे सन्तोषले पछिल्ला डेढ दशक विदेशलाई कर्मथलो बनाएका थिए । अध्ययनका लागि थाइल्यान्ड गएका सन्तोष त्यसपछि हङकङमा संगीत क्षेत्रमै सक्रिय थिए ।

मानकृष्ण महर्जनले खिचेको भिडियोको सम्पादन रन्जन न्यौपानेले गरेका हुन्। भिडियोमा रसियन मोडल नतालिया स्यान्ट्रोस्काको साथमा रिमा बिस्वकर्मा,टेकु कान्छा,धुर्ब बुढाथोकी,स्नेहा ढकाल,सिमरन चौधरी,यम बस्नेत,अनुषा क्षेत्रिको अभिनय रहेको छ। भिडियो गायक टेकु कान्छाको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.