फिल्म सुटिङ सेटमा आगलागी हुँदा एकजनाको मृत्यु



एजेन्सी। शुक्रवार रणविर कपुर र श्रद्धा कपुर स्टारर फिल्मको सेटमा आगलागी भयो। सो आगलागीमा परेर घाइते भएका एकजनाको मृत्यु भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

लव रंजनको ‘अनटाइटल्ड’ फिल्मको सुटिङ मुम्बईको अंधेरी वेस्टको चित्रकुट स्टूडियोमा हुने तय भएको थियो। तर, सेटमा आगलागी भयो। सो फिल्मसँगै राजश्री प्रोडक्सन्सको सेटमा पनि आगो लागेको थियो। आगलागीको कारण भने खुलेको छैन।

आगलागीमा परेर मनिष देवासी घाइते भएका थिए। उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालले उनलाई मृत घोषित गरेको छ। ३३ वर्षीय देवासी सेटमा ‘लाइट’ मिलाउने काम गर्थे।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.