अस्मिता जुरेलीको तीज गीत सार्वजनिक (भिडियो)



काठमाडौँ। अस्मिता जुरेलीको तीज गीत ‘यसपालीको तीजमा हामी विशेष मनाउने’ को भिडियो सार्वजनिक गरिएको छ । ओम सुनारको संगीत तथा सुशिल शर्माको शब्द रचना रहेको गीतमा अस्मिता आफैले स्वर भरेकी छन् । सार्वजनिक तीज गीतलाई संगीतकार सुनारले मौलिक तिज गीत भन्दा फरक शैलीको एरेन्जमेन्टलाई फ्युजन गरेर तयार पारेका हुन् ।

अस्मिता जुरेलीको अफिसियल युट्युबबाट सार्वजनिक गरिएको भिडियोलाई उनी स्वयंमले निर्देशन गरेकी हुन् । गीतको भिडियोमा उनीसँगै जयकिशन बस्नेत, समिक्षा बिसी, सुष्मा धमला, इस्थार सुनाम, अनु पराजुली, भगवती खड्का ,सविता राई, रेखा राई, मनिषा लकान्द्री र शिव बिकको अभिनय रहेको छ ।
शिव बिकको कोरियोग्राफी रहेको गीतमा अर्जुन तिवारीको छायांकन, मिलन विश्कर्माको कलर तथा सम्पादन रहेको छ ।