कन्हैया सिंह र अन्जना गुरुङको गीतमा पुष्प र अपेक्षा (भिडियो)



काठमाडौँ। कन्हैया सिंह र अन्जना गुरुङको स्वरमा रहेको गीत ‘नजर नजरको’ सार्वजनिक गरिएको छ। बिहिवार राजधानी काठमाडौँमा एक कार्यक्रमका बिच म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतको संगीत र रचना शम्भुजित बास्कोटाले गरेका छन् । भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् भने म्युजिक भिडियोमा पुष्प खड्काको साथ पहिलो पल्ट कन्हैया सिंहको छोरी अपेक्षा सिंहले डेब्यु गरेकी छिन् ।

बहिनी अन्जना र भाई कन्हैयाको जोडीलाई हेर्दै सम्झदै नजर नजरको शिर्षक राखेर गीतमा संगीत भरेको संगीतकार बाँस्कोटाले बताए । नेपाली गीत संगीतमै लागेर जीवन बिताउन पाइयोस र सदैव दर्शकहरुको मायाले बाँधिएर रहने चाहनाले नै परदेशमा बसे पनि नेपाली गीतसंगित प्रती को मोह नहराएकाले दुबैले फेरी यो सोलो गीत बजारमा ल्याएको गायक संगीतकार सिंहले बताउनु भयो । सिनेमाटोग्राफर नवराज उप्रेती,सम्पादन र कलरिङ्ग नबिन निरौलाको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.