‘पानीफोटो’को बुकिङ खुल्यो


काठमाडौं । खगेन्द्र लामिछानेले निर्देशकका रुपमा डेब्यू गरेको चलचित्र ‘पानीफोटो’ शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ । चलचित्र प्रदर्शन हुन दुई दिन बाँकी रहँदा अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।

बुधबार दिउँसोदेखि मल्टिप्लेक्स हलहरुमा चलचित्रको अग्रिम टिकट बुकिङ खुला गरिएको हो । चलचित्र हेर्न चाहने दर्शकले अनलाइनमार्फत आफूलाई पायक पर्ने हलको टिकट बुक गर्न सक्नेछन् । अभिनेता खगेन्द्रले अग्रिम बुकिङ खुलेको जानकारी गराउँदै अनलाइन एप र वेवसाइटमार्फत टिकट लिएर आफ्नो सिट सुरक्षित गर्न सक्ने बताएका छन् ।

चलचित्र सेन्सर पास भईसकेको छ । दशक अगाडि गुरुकुलमा मञ्चन भएको लामिछाने लिखित चर्चित नाटक ‘पानीफोटो’मा आधारित रहेर चलचित्र निर्माण भएको हो ।

चलचित्रले माओवादी जनयुद्धमा बेपत्ता छोराको पर्खाइमा रहेका दम्पतीको कथा पेश गर्छ । चलचित्रमा लेखक एवं निर्देशक लामिछाने स्वयंमसँगै अनुप बराल, मेनुका प्रधान, मलिका महत, रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतको शीर्ष भूमिका छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.