देउडा गायक तथा सर्जक हरिशचन्द्र कडायतको मस्तिष्कघातका कारण निधन



काठमाडौं । सुदूरपश्चिमको विशिष्ट मौलिक भाका देउडाका अग्रज गायक तथा सर्जक हरिशचन्द्र कडायतको निधन भएको छ । उनको मस्तिष्कघातका कारण बुधबार उपचारका क्रममा निधन भएको हो । केही समयदेखि उनको अस्पतालमा उपचार भईरहेको थियो ।

बझाङ निवासी कडायत लामो समयदेखि देउडा सिर्जना एवं गायनमा सक्रिय थिए । उनको निधनमा देउडा क्षेत्रका कलाकारहरुले दुःख व्यक्त गरेका छन् । पछिल्लो पुस्ताका चर्चित देउडा गायक चक्र बमले गायक एवं सर्जक कडायतको निधनमा दुःख व्यक्त गर्दै लेखेका छन्, ‘देउडा क्षेत्रको एउटा तारा अस्तायो ! उहाँका सृजना कहिले अस्ताउने छैनन । भावपूर्ण श्रद्धाञ्जली ’ ।

देउडा गीतकी चर्चित गायिका रेखा जोशी लगायतले पनि देउडा क्षेत्रको एक हस्ति गुमाएको उल्लेख गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । चर्चित संगीत संयोजक बिनोद बाजुराली कडायतको निधनमा आफूहरुले देउडा गीत संगीतको एउटा सुपरस्टार गुमाएको बताएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.